धुर्मुस-सुन्तलीले क्रिकेट रंगशाला बनाउने भएपछि गाउँमा खुसीयाली

- समय सन्दर्भ

भरतपुर : रंगशाला निर्माणका लागि केही महिनाअघि सर्भे हुँदा पश्चिम चितवनको शान्तिचोक वरपरका बस्तीमा चर्चा र बहस हुन थाल्यो। रंगशाला बने गाउँकै विकास हुनेमा आशावादी थिए, स्थानीय। रंगशाला बनाउन उपयुक्त जग्गाको खोजीमा रहेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जग्गा अवलोकनका लागि पुगेपछि भने गाउँको भरोसा बढ्यो। लामो समयको छलफल र प्रयासपछि सोही स्थलमा रंगशाला निर्माण हुने भएपछि अहिले त्यस क्षेत्रमा खुसीयाली छाएको छ।

राष्ट्रिय गौरवको आयोजना आउने भएपछि ओझेलमा परेको क्षेत्रको पहिचान बढ्ने स्थानीय ६३ वर्षीय आशबहादुर गुरुङ बताउँछन्। ‘रंगशाला बन्ने कुराले सिंगो गाउँ नै खुसी छ’, उनले भने, ‘गाउँमा हुने विकास कार्य हाम्रो छोरानातिको भविष्यसँग पनि जोडिएको छ।’ रंगशाला कहिले बन्ला भन्ने विषय यतिबेला चोक चौतारामा दिनहुँ चर्चाको विषय बनेको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal