कागजमा पोको पारेर घूस

- समय सन्दर्भ

एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे। उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए। कर्मचारीले हतारहतार गोजीमा पैसा हाले। कालो ज्याकेट लगाएका ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले। पैसा दिने युवक कार्यालयको पछिल्तीरको झ्यालमा गएर उभिए। आइतबार दिउँसो १:१६ बजे। ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृश्य हो यो।

दिउँसो १:३५ बजे। मालपोत कार्यालयको प्रतिक्षालयमा ३ जना गफिइरहेका थिए। उनीहरुमध्ये एक युवकले भने, ‘तपाईंको कामका लागि ४ हजार लाग्छ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ। अलि मिलाएर गर्नुस् न।’ ती युवकले भने, ‘कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ। ४ हजार त लागिहाल्छ दाइ।’ झण्डै १५ मिनेटको गलफदीपछि उनीहरुले तीन हजारमा कुरा मिलाए। युवक फाइल बोकेर कार्यालयभित्र पसे। सेवाग्राही बाहिर उभिएर सँगैका साथीलाई भने, ‘एकछिनको कामलाई त्यत्रो पैसा ! भ्रष्टचारले जुलुम बनायो देशलाई।’

मालपोत र नापि कार्यालयसँगै जोडिएको छ। कार्यालय सुधारका प्रयास नभएका होइनन्। आफ्नै भवनमा सञ्चालित कार्यालय अपांगमैत्री छ। ह्वील चियर गुडाएरै सेवा लिन मिल्छ। नागरिक वडापत्र प्रष्ट देखिने ठाउँमा टाँसिएको छ। कार्यालयसम्बन्धी सुचनाहरु परिसर वरपर जताततै टाँसिएका छन्। नापि विभागमा कम्प्युटरको मोनिटर सेवाग्राहीले पनि देख्ने गरि राखिएको छ। भित्तामा जताततै देख्न सकिन्छ, ‘अशक्तलाई सहयोग गरौं।’ ‘नियम संगत काम आजको आजै हुन्छ।’ ‘हामी भ्रष्टचार विरोधी हौं।’ ‘आशा छ हाम्रो कामबाट यहाँहरु सन्तुष्ट हुनुहुन्छ।’ ‘मोलपोत कार्यालय तपाईं हाम्रो आफ्नै कार्यालय हो। यसलाई सबैले माया गरौं।’

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal