राष्ट्रिय यातायात नीति २०५८ संशोधनको तयारी

- समय सन्दर्भ

काठमाडौँ, चैत १४ गते । भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयले राष्ट्रिय यातायात नीति २०५८ संशोधनको तयारी थालेको छ । सत्र वर्ष पुरानो नीतिमा यातायातका क्षेत्रहरूलाई समेट्न नसकेको भन्दै संशोधन गर्न लागिएको हो । संशोधन प्रस्तावको मस्यौदा तयारी भएको र केही दिनमै मन्त्रालयमा पेश गरिने भएको छ ।

यातायात नीति २०५८ अनुसार यातायात भन्नाले सडक यातायातलाई मात्र सम्बोधन गरिएको थियो । तर अब रेल तथा जल यातायातलाई पनि सम्बोधन गर्नुपर्ने भएकाले संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ। साथै, नयाँ प्रविधि र नयाँ संरचनालाई पनि संबोधन गर्नुपर्ने आवश्यक रहेको बताइएको छ।
मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले सार्वजनिक यातायातको व्यवस्थापनका सवालमा पनि संशोधन हुन लागेको नीतिले सम्बोधन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,”नयाँ नीतिले सबै किसिमका यातायात र त्यसको व्यवस्थापनका साथै कुन तहको सरकारको के भूमिका हुनेछ भन्ने कुराको प्रष्ट व्यवस्था हुनेछ।”
मन्त्रालयले सार्वजनिक सडक ऐन २०३१, यातायात व्यवस्था ऐन २०४९ र सडक बोर्ड ऐन २०५८ पनि संशोधनको तयारीमा रहेको जनाएको छ । सङ्घीय संरचना अनुसार नयाँ ढङ्गले यातायातको व्यवस्थापन गर्न नीति संशोधन गर्न लागिएको हो।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal