दाङमा विप्लवका दुई कार्यकर्ता पक्राउ

- समय सन्दर्भ

दाङ,  मंसिर १ ।  दाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ परेका छन । दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार बबई–५ ट्वाङखोलाबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनी चढेको मोटरसाइकल नियन्त्रणमा लिनुका साथै उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ।

यस्तै दाङबाटै विप्लव समूहका अर्का कार्यकर्ता पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा विप्लव समूहका सेक्सन अध्यक्ष  ३० वर्षीय प्रकाश बुढामगर हुन।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal