बाँकेमा बोलपत्र फारम च्यातेको अभियोगमा ७ जना पक्राउ

- समय सन्दर्भ

 

 

बाँके, असोज ३० । बुधबार एक समूहले बाँके राष्ट्रिय निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो।

निकुञ्ज कार्यालयले तोक लगाएका दुईका साथै अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बोलपत्र फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका सात जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

सांकेतिक तस्वीर

बुधबार बोलपत्र दर्ता गर्ने अन्तिम दिन रहेकोमा अहिले बोलपत्र प्रक्रिया नै रोकिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी गराउनु भयो ।

रु ५० लाखको दुई पोष्ट भवन र रु १९ लाखको पर्खाल निर्माणका लागि बोलपत्र खुलाइएको थियो ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal