नेपाल चीन बिचको व्यापारिक समस्या समाधानका लागी व्यापार सहजीकरण समिति गठन

- समय सन्दर्भ

काठमाडौं, असोज २७। नेपाल र चीनबीच हुने व्यापारका सिलसिलामा आउन सक्ने संभावित समस्या समाधानका लागी व्यापार सहजीकरण समिति गठन गरिने भएको छ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त समझदारी भएको हो । सहमती अनुसार दुवै देशका वाणिज्य मन्त्रालयका सचिव उक्त समितिका संयोजक रहने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालका अनुसार समितिले दुई देशको व्यापारिक पूर्वाधारमा नभई व्यापारका क्रममा सिर्जना हुने समस्या समाधानमा पहल गर्ने छ। समितिको कार्य क्षेत्र केही समयमै निर्धारण गरिने र आपसी समझदारीमा उपयुक्त समयमा बैठक हुने जानकारी पनि उहाँले दिनुभयो ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीन सबैभन्दा दोस्रो ठूलो साझेदार हो । पहिलो ठूलो साझेदार भारत रहेको छ।  चालू आर्थिक वर्षको दुई महिनाको व्यापार तथ्याङ्कअनुसार नेपालले चीनबाट ४० अर्ब ५६ करोड रुपियाँको आयात र २९ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal