चीनका विदेशमन्त्री वाङ यी काठमाडौंमा

- समय सन्दर्भ

काठमाडौं चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। नेपालको तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। चीनका विदेशमन्त्री वाङ यीलाई नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ।

सोमबार हुने नेपाल र चीनबीचको दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि वाङ काठमाडौं आएका हुन्। विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, विदेशमन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal