यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने

- समय सन्दर्भ

काठमाडौँ, भाद्र २२। अबबाट यातायात मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तर्कृया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने निस्कर्ष निकालेको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले परिचयपत्र र पोशाक लगाउदा यातायात मजदूरलाई यात्रुले हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताउनु भयो। त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार पोशाक र परिचयपत्रले यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्न मद्घत गर्नेछ।

यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले जानकारी गराउनु भयो ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal