चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

- समय सन्दर्भ

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार नेपाल आउँदै हुनुहुन्छ । बेलुका ५ बजे काठमाण्डौ आइपुग्ने उहाँले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री यी ले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका क्रममा नेपाल आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआआई)मा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनाका आधार तय हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार हुने परराष्ट्रमन्त्री स्तरीय द्धिपक्षीय वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था, अबका सम्भावना, आर्थिक साझेदारी, रेलमार्गलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal