गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन

- समय सन्दर्भ

काठमाडौं। गृहमन्त्रालयले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि छानबिन समिति गठन गरेको छ।

शनिबार गृहमन्त्रालयले विज्ञप्ति जारी गरी गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएको हो।

छानबिन गरी प्रतिवेदन १५ दिनभित्र बुझाउन गृहले निर्देशन दिएको छ। शव व्यवसथापनको जिम्मेवारी वीरेन्द्र नगर नगरपालिकालाई जिम्मा दिइएको छ।

बुधबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भिरबाट खसालिएको भेटिएको थियो। गृहका अनुसार त्यहाँ २४ वटा गाईगोरु मरेका भेटिएको हो। नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर ३७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो। ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको छ।

मन्त्रालयले गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने पनि स्पष्ट पारेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal