उपत्यकामा तीन आकाशे पुल निर्माण हुँदै

- समय सन्दर्भ

काठमाडौं, भदौ १०। उपत्यकाका तीन स्थानमा महानगरपालिकाले तीनवटा आकाशे पुल (फलामे पुल ) बनाउने प्रकिया अगाडि बढाएको छ। राम शाह पथको पुरातत्‍व विभाग अगाडि, जयबागेश्वरी र चावहिलमा आकाशे पुलको निर्माण प्रक्रिया थालिसकेको महानगरपालिकाले जनाएको छ। यी तीन स्थानमा पुल निर्माणका लागि गत आर्थिक वर्षमै बजेट बिनियोजन गरिएको र त्यसै बजेटअनुसार काम गर्न लागिएको महानगरको भनाइ छ। तीनवटा पुल निर्माणको लागि ३ करोड ५० लाख बजेट छुट्याइएको बताइएको छ। उनका अनुसार एउटा पुल बनाउन कम्तीमा १ करोडभन्दा बढी बजेट छुट्याएको छ।

गत वर्ष सडकको निर्माण र भौतिक संरचनाको निर्माण गर्नुपर्ने भएकोले पुल निर्माणको कार्यमा ढिलाइ भएको महानगरापालिकाका प्रवक्त ईश्‍वरमान डंगोलले बताए। उनका अनुसार पुरातत्त्व विभागअगाडि निर्माण हुने पुलको डिजाइन सम्पन्न भइसकेको छ। बाँकी २ ठाउँको पनि डिजाइन प्रक्रिया भइसकेको महानगरले बताएको छ। प्रवक्ता डंगोलका अनुसार पुरातत्त्व विभाग अगाडिको पुल निर्माण गर्नका लागि टेण्डर भइसकेको छ। ठेकेदार कम्पनीले केही साताभित्र कामको थाल्‍ने उनको दाबी छ। पुल बनाउँदा सेटिङको काम अन्यत्रै गरेर फिटिङका लागि मात्र ल्याइने बताइएको छ। यसो गर्दा सडकमा ट्राफिक जाम पनि हुने छैन।

सडकको सुरक्षाको जिम्मा सडक विभाग र ट्राफिकलाई हुने भएकोले दुवै निकायसँग समन्वय गरेर महानगरपालिकाले पुल निर्माण गर्ने उनको भनाइ छ। चावहिल र जय बागेश्वरीका २ ठाउँको पुल निर्माणको लागि टेण्डर आह्‍वान गर्ने तयारी पनि महानगरले गरिरहेको छ। एक हप्ताभित्र बाँकी पुल निर्माणका लागि टेण्डर आह्‍वान गरिसक्ने प्रवक्ता डंगोलले बताए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal