दाहालले बोलाए सचिवालय बैठक, एकताका बाँकी काम टुंगिने

- समय सन्दर्भ

काठमाडौं, भाद्र ९। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पहिलोपटक औपचारिक सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिएका थिए।

पार्टी अध्यक्ष दाहालले अध्यक्षता गर्ने सचिवालय बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको हो। पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो।

अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। सचिवालय बैठकको नेतृत्व ओलीले गर्दै आएका थिए। नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका एकताका काम हुन बाँकी छ। सोमबारको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal