महानगरीय प्रहरी परिसर टेकुले लिन मानेन निकिता पौडेलको उजुरी

काठमाडौं,भाद्र ४। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परी अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु हेरफेर गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ ।उनी आज दिउसो महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन गएकी थिइन् ।

यो उजुरी सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा सिधै आएको भन्दै यसरी उजुरी लिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जवाफ दिएर प्रहरीले निकितालाई फर्काएको छ । प्रहरीले फर्काएपछि निकिता जिल्ला सरकारी वकिलको कार्यालयतर्फ गएकी छिन् । निकिताले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकमका संकेत कोइरालाविरुद्ध प्रमाण तोडमोड गरेको भन्दै उजुरी दिन चाहेको बताइएको छ । उनीहरुले मृतक शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो हेरफेर गरेको आरोप छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal