भारतको हिमाञ्चल प्रदेशमा मृत्यु भएका दुई नेपालीको शव नेपाल ल्याइँदै

- समय सन्दर्भ

नेपालगन्ज, भाद्र ३ । कामको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशमा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरोमा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।

मृत्‍यु हुनेमा राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगर रहेका छन । स्थानीय चिमबहादुर घर्तीका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिरोले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।

सांकेतिक तस्वीर

उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहनुभएका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिनुभयो । आज रातिसम्म शव नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गर्नुभएको थियो । विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमान्को मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत हुनुहुन्छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal