कतारको दोहाथित जैदा पार्कमा नेपालीमाथि सांघातिक आक्रमण-एकको मृत्यु

- समय सन्दर्भ

कतारको दोहाथित जैदा पार्कमा नेपालीमाथि भएको सांघातिक आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । घटनामा  ५ जना नेपाली घाइते भएका छन्।

घटना मंगलबार भएको दोहास्थित नेपाली राजदूतावासले बुधबार जानकारी दिएको छ। दूतावासको विज्ञप्ति अनुसार  मृत्यु हुनेमा सुनसरीका तरबेज अन्सारी रहेका छन ।  घाइते  अकबर मिया , इब्राहिम अन्सारी, नौसाद अन्सारी र महुद अन्सारी खतरामुक्त रहेका छन् । उमर अन्सारीको भने दोहाथित हमाद अस्पतालमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ ।

दूतावासले यस सांघातिक आक्रमणबारे कतारी अधिकारीसँग छलफल गरेको जनाएको छ । मृतक अन्सारीको शव नेपाल फर्काउन पहल भइरहेको जनाएको छ। दूतावासले भिडभाड हुने स्थानहरुमा नजानसमेत आग्रह गरेको छ।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal