भिषण वर्षात पश्चातको बाढी र पहिरोले ग्रस्त सिन्धुँली र काभ्रेका राजमार्गमा सास्ती भोग्दै यात्रु : हेर्नुहोस तस्वीर

- समय सन्दर्भ

सिन्धुली , आषाढ २८ । गत दुइदिन देखी आएको अबिरल वर्षाले बिपि राजमार्गको यातायातमा ठुलो प्रभाव पारेको छ । ठाँउठाँउमा उर्लेका खहरे खोला र पहिरोले आवत जावतमा समस्या पार्ने मात्र होइन कतीको ज्यान नै जोखिममा परेको छ ।

काभ्रेको मंगलटार भन्ने ठाँउमा सपरिवार काठमाण्डौबाट धारानतर्फ जादै गर्दा कार पहिरोमा पुरै भासिएको छ, यद्दपी कुनै मानव क्षति भने भएको छैन । त्यस्तै सुँगुर बोकेर राजधानी आउदै गरेको गाडिमा ठुलो ढुँगा बज्रीदाँ चालक च्यापिएर आज दिउसो हेलिकप्टरबाट उद्दार गरी काठमाण्डौ ल्याइएको छ।

ठाँउठाँउमा त्यसरी पहिलो झर्दा र खहरे खोला उर्लेर यात्रुलाई कष्ट हुँदा पनि सरकारबाट कुनै ‘एक्सन’ लिएको पाइएन। बरु बाटोमा डोजर, स्काभेटर त्यतिकै थन्किएका भेटिए भने प्रहरी एउटा कार भासिएको ठाँउमा गम्भिरता पुर्वक काम गरिरहेको पाइयो । जबकी उक्त स्थान भन्दा केहि पर खहरे खोला उर्लेर यात्रुहरु वारीकोवारी पारीकोपारी अलपत्र परेर बसी रहेका थिए। कोही जोखिम मोलेर खोला तर्दै थिए । केहि नभएपनी प्रहरीले खोला तार्ने काममा सघाएको भए पनि धेरैले केहि भएपनी राहत पाउने थिए ।

 

 

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal