आज देशभरका अदालत बन्द हुने

- समय सन्दर्भ

काठमाडौं, जेष्ठ १२ । आज आइतबार देशभरका अदालत बन्द हुने भएका छन । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका हुन ।

शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक बैठकले पूर्व न्यायाधीशको निधनको शोकमा आइतबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत तथा विशेष अदालत बन्द गर्ने निर्णय गरेको हो । साथै न्यायाधीकरणहरू पनि बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पूर्व न्यायाधीश खत्रीको बुधबार निधन भएको थियो । वि.सं १९८० असोज ३ गते ललितपुरमा जन्मेका खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए । उनले २०१६ सालमा सर्वोच्च अदालतको न्यायाधीश पदबाट सेवा सुरु गरेका थिए ।

खत्रीको पार्थिव शरिरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal