७८ लाख धरौटी बुझाएर रिहा भए राजनारायण पाठक

- समय सन्दर्भ

काठमाडौं, जेठ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् । उनलाई घुस लिएको अभियोगमा मुद्दा चलाईएको थियो।

बुधबार थुनछेक बहसपछि उनीमाथि बिगोअनुसारकै ७८ लाख धरौटीमा रिहा गर्न विशेष अदालतल काठमाडौंले आदेश दिएको थियो । नेपाल बंगलादेश बैंकले बैंक ग्यारेण्टी दिएपछि पाठक बुधबारै रिहा भएको विशेष अदालत काठमाडौंले जनाएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बिगोअनुसराकै धरौटी मागेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो ।

७८ लाख रुपौयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।  थुनछेक बहसपछि उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदन न्यौपाने भने फरार छन्। अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal