शुक्रवार विहानदेखि आइतवार बेलुका सम्म सिद्धार्थनगर नाका बन्द हुँदै

कपिलबस्तु, बैशाख २६ । भारतको उत्तरप्रदेश सीमासँग जोडिएको नेपालको कपिलवस्तु जिल्लाको सिद्धार्थनगर नाका तीन दिन सम्म बन्द हुने भएको छ । भारतको उत्तरप्रदेशमा शनिबार र आइतबार हुन लागेको निर्वाचनको सुरक्षाको लागि सिद्धार्थनगरको सीमा नाका शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्मबन्द हुने भएको हो ।

यसअघि निर्वाचनको सुरक्षाबारे दुई देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनको अघिल्लो दिनदेखि निर्वाचनको दिनसम्म र सीमा नाका बन्द गर्ने सहमती कायम गरेको थियो ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो। त्यसैले सूचना प्रकाशित गरी शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिइ सकेको अर्यालले बताए ।

नाका बन्द भएपनि अतिआवश्यक सवारी साधन एम्बुलेन्स लगाएतका साधन दुवै देशका सुरक्षाकर्मीको समन्वयमा संचालन गर्ने सहमति पनि भएको छ । त्यस्तै रुपन्देही र नवलपरासीका सीमा नाका भने जेठ ३ देखि ५ गते सम्म बन्द हुने बताइएको छ । रुपन्देही र नवलपरासीसँग सीमा जोडिएको महाराजगञ्जमा जेठ ४ र ५ गते निर्वाचन हुन लागेको हुँदा उक्त सीमा नाका बन्द हुने भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतले त्यस्तो जानकारी दिएका छन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal