समकक्षी सी जिनपिङद्वारा आयोजित रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक

बेइजिङ, बैशाख १४ । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी जिनपिङले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा सरिक भएकी हुन् ।

त्यस अवसरमा ‘बीआरआई’ मा संलग्न देशका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालको अन्नपूर्ण, माछापुच्छ्रे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

रात्रिभोजमा ठूलो सङ्ख्यामा विदेशी अतिथिको उपस्थिति थियो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सचिव वैरागीको उपस्थिति थियो ।

त्यस अवसरमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आउनुभएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सामूहिक तस्बीर खिचिएको थियो ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal