सान्सीमा राष्ट्रपति विद्यादेवी भण्डारी बस्ने होटेलमा नेपालको झण्डा

सियान, वैशाख १२। राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।

सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो। फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।

सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमानगरिएको छ। सान्सी प्राप्तको जनसङ्ख्या तीन करोड ८० लाख भएको अनुमान गरिएको एक अधिकारीले जानकारी दिए।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal