सरकारी चिकित्सकको आन्दोलन दुई साताकालागि स्थगित

- समय सन्दर्भ

काठमाडौँ, वैशाख २ गते । अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले सरकारको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका छन् ।
सरकारले आन्दोलनरत चिकित्सकका माग पूरा गराउन दुई साताको समय मागेपछि तत्काललाई सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलन स्थगित गरेको हो ।
सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले सरकारले दुई साताभित्र चिकित्सकका माग पूरा गराउन समयसीमा मागेकाले हाललाई आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।
गोदानले आन्दोलन स्थगित गरेसँंगै सबै सरकारी चिकित्सक काममा फर्केका छन् । हाल सरकारी सेवामा देशभर एक हजार ४०० चिकित्सक छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी चिकित्सकले दुई साताका लागि आन्दोलन स्थगित गरेको जानकारी दिँदै यो बीचमा चिकित्सकका माग पूरा गर्न मन्त्रालयले गृहकार्य गर्ने बताउनुभयो ।
सरकारी चिकित्सक सङ्घले सम्पूर्ण चिकित्सकलाई सङ्घ अन्तर्गत राखेर देशभर खटाउनुपर्ने मुख्य माग राखेर आन्दोलन गर्दै आएको छ।

-गोरखापत्र

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal