लोकसेवा आयोग करीब २० हजारको संख्यामा आवेदन खुलाउदै

- समय सन्दर्भ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेसँगै लोकसेवा आयोगले विभिन्न तहमा कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी थालेको छ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको भन्दै अब नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरू गर्नलोकसेवा आयोगलाई आग्रह गरेका हुन्।

मन्त्री पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए। उनले भने, १५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं,’ मन्त्री पण्डितले भने।

समायोजनको काम कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मन्त्री पण्डितले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिश मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको प्रशंसा गरेका थिए।

लोक सेवा आयोगले अब कर्मचारी पदपूर्तिका लागि विभिन्न तहमा करीब २० हजारको संख्यामा आवेदन खुलाउनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal