राजनितिमा आउने हल्लालाई सलमान खानले विराम लगाए

- समय सन्दर्भ

लामो समयदेखी बलिउडका अभिनेता सलमान खान राजनीतिमा आउने चर्चा चलिरहेको थियो । तर त्यसलाई सलमान खानले ट्वीट गर्दै पुर्णविराम लगाइदिए । बिहिबार एउटा ट्वीट गर्दै उनले भने कि, न उनि चुनाव लड्ने छन न त कुनै राजनीतिक पार्टीको प्रचार गर्नेछन ।

स्मरण रहोस कि केहि दिनदेखी सामाजिक सञजालमा हल्ला चलीरहेको थियो कि सलामान खान इंदौरबाट कांग्रेसको तर्फबाट चुनाव लड्ने छन । सलमान खानको जन्‍म इंदौरको पलासिया इलाकामा भएको थियो।  मध्यप्रदेश कांग्रेसका प्रवक्ता पंकज चतुर्वेदीले भने -” हाम्रा नेताले पहिलेनै सलमान खानसँग चुनाव प्रचारका लागि कुराकानी गरिसकेका थिए ।”  तर सलमानका प्रवक्ताले यो कुरालाई नकारी दिए ।

चतुर्वेदीले भने, “सलमान खानले आफ्नो बच्पन इंदौरमा बिताएका छन। उनका पिता यहाँका वरिष्ठ पुलिस अधिकारी थिए ।” चतुर्वेदीले थपे कि सलामान ठुलो भिड जम्मा गर्न सक्ने क्षमता राख्छन । शहरमा पार्टीको भाग्य बदल्न उनको ठुलो योगदान रहने छ । तर आज सलमानले ट्वीट गर्दै यि सब हल्लामा पुर्णविराम लगाइ दिए ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal