यस कारण अक्षयको ‘केशरी’का लागि खतरा हुनसक्छन् यी हिरोइनका छोरा

- समय सन्दर्भ

पछिल्लो वर्ष बलिउडमा ठूला स्टारका सिनेमामा भन्दा दर्शकको रोजाइमा विषय प्रधान सिनेमा परे। दर्शकको रूचि स्टार भन्दा पनि साना हैसियत भनिएका कलाकारको सिनेमामा ज्यादा रह्यो। यो वर्षको सुरूवात पनि त्यस्तै देखियो।

‘उरी: द सर्जिकल स्ट्राइक’ तथा ‘लुक्का छुप्पी’ जस्ता सिनेमालाई दर्शकले मन पराए। गत वर्ष तीन खानहरू असफल हुँदा अभिनेता अक्षय कुमार भने भाग्यशाली रहे। उनी अभिनित तीन सिनेमाहरू क्रमश: ‘प्याडम्यान’, ‘गोल्ड’ र ‘२.०’ रिलिज भएकामा तीनै सिनेमाले र्शकको साथ पायो।

यो वर्ष उनको पहिलो रिलिजका रूपमा ‘केशरी’ मार्च २१ मा रिलिज हुँदैछ। अक्षयको यो पहिलो युद्धमा आधारित सिनेमा हो। सिनेमालाई लिएर अक्षयमा उच्च उत्साह छ।

अक्षयको उत्साह उच्च रहेपनि साना बजेटका विषयप्रधान केन्द्रित सिनेमामा बढ्दो दर्शक रूचिका कारण सोही मितिमा रिलिज हुने एक सिनेमाले उनलाई कडा टक्कर दिन सक्ने सम्भावना रहेको छ।

सो सिनेमाको नाम हो ‘मर्दको दर्द नहिं होता’। सिनेमाबाट ९० को दशककी चर्चित हिरोइन भाग्य श्रीका छोरा अभिमन्यू दसानी डेब्यू गर्दैछन्।  भाग्यश्री सलमान खानको सुपरहिट सिनेमा ‘मैने प्यार किया’की नायिका हुन्। त्यसो त अभिमन्यू उनका लागि ठूलो खतरा नलाग्नुपर्ने हो तर सिनेमाले रिलिज अगाडी विभिन्न सिनेमा महोत्सवमा पाएको गतिलो प्रशंसाले सिनेमालाई लिएर अपेक्षा बढ्दै गएको छ। पछिल्लो समय सामाजिक संजालहरूमा यस सिनेमाको फरक खाले पोस्टरहरूले दर्शकहरूलाई आकर्षित गर्दै आएको छ।

यस्तै सिनेमाको ट्रेलर पनि रिलिज भएको छ। सार्वजनिक ट्रेलरले सिनेमा फरक विषयमा रहेको देखाएको छ। यसमा सिनेमाको मूल पात्रका रूपमा देखिन लागेका अभिमन्यू एउटा फरक किसिमको ‘न्यूरो’ समस्या भएका पात्रमा देखिनेछन्। यसमा समस्याका कारण उनी कुनै पनि पीडा महशुस गर्दैनन् अर्थात उनी घाइते भएको अवस्थामा पनि उनलाई दुख्दैन्, आगोले पोलेको महशुस हुँदैन, वरफमा डुबाउँदा पनि उनलाई चिसो आदि महशुस हुँदैन्।

यस्तो पात्रमाथि बनेको सिनेमा भएकाले यसले स्वभाविकरूपमा दर्शकमा चासो जगाउने अनुमान गरिएको छ।

सिनेमाले टोरोन्टो इन्टरलेशनल फिल्म पेस्टिवल-२०१८ मा ‘असेसिनेशन नेशन’ तथा ‘हेलेवीन’ जस्ता सिनेमालाई पछी पार्दै पिपुल्स च्वाइस मिडनाइट म्याडनेस अवार्ड’ जितेको थियो। त्यस यता सिनेमालाई चर्चा बढ्दै गएको छ।

पछिल्लो समय चर्चा र दर्शकको फरक सिनेमाप्रति ढल्किदो शैलीले सिनेमाले आफूलाई खरो उतार्ने अनुमान गरिएको छ।

सिनेमालाई यस वर्षको ब्ल्कबस्टर ‘उरी:द सर्जिकल स्ट्राइक’ निर्माण कम्पनीले वितरण गर्ने लागेकाले पनि सिनेमाले सुखद नतिजा दिने आशा गर्न सकिन्छ।

सिनेमामा अभिमन्यूका अलावा राधिका मोहन, गुलसन देभैया, महेश माञ्जेरकर तथा जिमित त्रिवेदीको प्रमूख भूमिका रहेको छ।

भसन बाला सिनेमाका निर्देशक हुन्।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal