५० मा लागे अजय देवगण, अझै छन चुस्त- यस्तो छ उनको फिटनेस राज

- समय सन्दर्भ

बलिउड अभिनेता अजय देवगणको जन्मदिन २ अप्रिलमा पर्छ। अर्थात आज उनको जन्मदिन हो। उनि आज ५० मा लागे।

हालै,  टोटल धमाल जस्तो हिट फिल्म दिएका उनको आगामी फिल्महरु ‘तान्जी’ र ‘दे दे प्यार दे’ का कारण अहिले चर्चामा छन। अजय आफ्नो फिट्नेसमा अत्यन्तै ध्यान दिन्छन, दैनिक घण्टौ जिममा पसिना बगाउनुका साथै योगा र डाइट प्लानमा पनि उत्तिकै सचेत रहन्छन। जानौ उनको फिट्नेस राज-

फिट्नेसलाई लिएर उनको भनाइ छ कि उनि सिक्स प्याकका लागी कहिल्यै वर्कआउट गर्दैनन। उनि भन्छन -” म ‘टोण्ड लूक’ मा विश्वास गर्छु। शरीर भने बलियो हुनु पर्‍यो।”  उनि फिट्नेसलाई लिएर यती सचेत छन कि ‘सिंघम’ फिल्म ताका उनले आफ्नो भ्यानिटी भ्यानलाई जिमखानामा बदलेका थिए।

अजय देवगण बिहान चाँडै उठ्छन र सर्वप्रथम सूर्य नमस्कार गर्छन। त्यसपछी ट्रेड मिलमा करिब ४५ मिनेट कार्डियो एक्सरसाइज गर्छन, साथै दैनिक ५०० पुसअप। यसबाहेक बिचमा केहि आराम पनि।

अजय दैनिक एकै प्रकारको एक्सरसाइज गर्दैनन, उनि दैनिक वेट ट्रेनिंग र बडी वर्कआउट परिवर्तन गरीरहन्छन।

अजय देवनको डाइट प्लान

ब्रेकफास्ट – लो फ्याट मिल्क वा ४ अण्डा (सेतो), सुन्तलाको रस, ब्राउन ब्रेड र रोस्टेड चिकन
स्न्याक्स – प्रोटीनशेक वा २ अण्डा (सेतो)
लंच – ५ रोटी, सलाद, मौसमी सागसब्जी, दालभात, बोइल्ड फिस
डिनर– रोस्टेड चिकन र भेजिटेबल सूप

यसबाहेक, अजयले कम भन्दा कम नुन तेल प्रयोग भएको खाना लिन्छन। साथै हप्तामा एक दिन ‘चीट डे’ मनाउछन,जुनदिन उनि आफुलाई मन लागेको कचर पचर सबै खानछन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal