जापानमा भिषण आधीँ-कम्तीमा १८ जनाको मृत्यु

- समय सन्दर्भ

जापान, असोज २६ । जापानमा ६० वर्ष यताकै शक्तिशाली आधीँमा कम्तीमा १८ जनाको ज्यान गएको छ । जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ।

हगिबिस नामको उक्त आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीले जमीन भासिँदै गएको बताइएको छ।

जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म कम्तीमा १३ जना हराइरहेका छन्।

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ। टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्।

आँधी पुन: फर्किने त्रासका कारण रेल तथा हवाइ सेवाका उडानहरू समेत रद्द गरिएका छन्। साथै लगभग चारलाख घरहरूमा विद्धुत आपूर्ति बन्द गरिएको छ। आइतबार भने आँधी केही मत्थर भएको जनाइएको छ।

सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयौ उद्धारकर्ताहरू राहत पुर्‍याउन खटिएको जनाएको छ।

बीबीसी
बीबीसी
बीबीसी

-बीबीसी

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal