पाकिस्तानमा ५.८ रेक्टरको भूकम्प – २२ जनाको मृत्यु, ३०० बढी घाईते

- समय सन्दर्भ

पाकिस्तान , असोज ७ । पाकिस्तानमा गएको भूकम्पबाट २२ जनाको मृत्यु भएको छ । ३०० जना भन्दा बढी घाइते भएका छन। पाकिस्तान प्रशासित कस्मिरमा २२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो ४ बजे तिर  ५.८ म्याग्नेच्युडको भूकम्प गएको पाकिस्तानका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।  भूकम्प पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पले केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा परेका छन।

भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महशुस गरिएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal