अमेरिका यात्राका दौरान खर्च बचाउन पाकिस्तानी प्रधानमन्त्री इमरान खान होटलमा होइन यो ठाउँमा बस्दैछन

- समय सन्दर्भ

 

ईस्लामावाद । नाजुक अवस्थामा रहेको पाकिस्तानको अर्थ व्यवस्थालाई पार लगाउन प्रधानमन्त्री इमरान खान हरसम्भव प्रयास गरी राखेका छन । प्रधानमन्त्री हुनासाथ खानले निवासका भैंसीहरु तथा गाडीहरु लीलाम गरेर खर्च कटौती गरेका थिए।

ताजा रिपोर्ट्सका अनुसार २१ जुलाईमा हुन गैरहेको आफ्नो अमेरिकी यात्रामा खर्च कटौती गर्न उनले उपाए निकालेका छन। जानकारीका अनुसार खान अमेरिकी यात्राका दौरान होटलमा नबसेर पाकिस्तानी दुतावासमा बस्ने छन । यद्दपी उनको यो मनसायमा अमेरिकी खुफिया विभाग र वॉशिंगटन प्रशासनले पानी फेर्न भने सक्दछन।

अमेरिका उत्रनासाथ विदेशी पाहुनाको सुरक्षा जिम्मा खुफिया विभागले लिने हुँदा तथा नेताको आवतजावतले ट्राफिकमा समस्या आउने कुरामा त्यहाको प्रशासन अत्यन्तै चनाखो हुने हुँदा खानको यो मनसाय पुरा भने नहुन पनि सक्दछ।

गत वर्षको अगस्तमा प्रधानमन्त्रीको कार्यभार सम्हाले पश्चात इमरान खानको यो पहिलो अमेरिकी भ्रमण हो। अमेरिकी राष्ट्रपती ट्रम्पले जुन महिनामा आमन्त्रित गरेको भएता पनि बजेट सत्रका कारण उनी जान पाएका थिएनन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal