भारतको सुरत स्थित कोचिङ सेन्टरमा आगलागी, २२ को मृत्यु

- समय सन्दर्भ

काठमाडौं, जेष्ठ ११ । भारतको सुरतस्थित सुरत वाणिज्यिक परिसरको भवनमा आगलागी भएको जनाइएको छ। शहरको तक्षशिला कम्प्लेक्समा शुक्रबार दिउसो भएको आगलागीमा परी एक कोचिंग क्लासका २२ विधार्थीको मृत्यु भएको छ।

२२ जनाको जलेर  १ जनाको भवनको चौथो तलाबाट हाम फाल्दा ज्यान गएको हो। मृत्यु हुनेमा १५ वर्षदेखि २२ वर्ष उमेर समुहका रहेका छन। आगलागीबाट ११ जना गम्भिर घाइते भएका छन्।

आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन ।

गुजरातका मुख्य मन्त्री विजय रूपाणी घाइते विधार्थीलाई भेट्न अस्पताल पुगेका छन । उनले मृतकका परिवारलाई ४ लाख रुपैया सहयोग गर्ने वचन पनि दिएका छन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal