अफगानस्थानमा तालिबान हमलामापरी २० सुरक्षाकर्मीको मृत्यु

- समय सन्दर्भ

काबुल: अफगानिस्तानको पश्चिमी बदगीस प्रान्तमा एक सरकारी परिसरमा तालिबानको हमलामा परी कम्तीमा २० सुरक्षाकर्मीको मृत्यु भएको छ। मृत्यु हुने सुरक्षाकर्मीमा सैनिक र प्रहरी दुबै छन। प्रान्तिय परिषदका सदस्य मोहम्मद नासिर नाजारीले बताए कि बाला जिल्लामा स्थानीय सरकारी मुख्यालयलाई बाला निशाना बनाइएको थियो।

उनले भने कि तालिबानहरूले अन्धकारको आड़मा परीसरको चारै तिरबाट घेरा हाली आक्रमण गरे। उनले भने, त्यहाँ तैनात सुरक्षा बलका ६०० सदस्यको जीवन खतारामा परेको थियो। बदगीसका गभर्नर जामशेद शाबीले भने कि जिल्लामा भयानक युद्ध चलीरहेको छ। यसले अझै अरु हताहत हुने देखिन्छ।

यसै बीच, तालिबानका प्रवक्ता कारी यूसुफ अहमदीले मिडियामा जारी विज्ञप्तिमा आक्रमणको जिम्मेवारी लिएका छन्। यस्तै, अर्को घटनामा, बागलान प्रान्तको राजधानी पुली खुमरीको एउटा क्लिनिकमा बम विस्फोटमा परी एकजना चिकित्सकको मृत्यु भएको छ भने १८ जना सर्वसाधारण घाइते भएका छन।

प्रान्तीय पुलिस प्रमुखका प्रवक्ता जावेद बशारतले दिएको जानकारी अनुसार २ बच्चा र एक महिला घाइते भएका छन। यसै बीच पूर्वी नांगरहार प्रान्तमा एउटा मिनी बसमा भएको आक्रमणमा पाँच जना घाइते भएका छन्। पुलिस अधिकारी जमानले  दिएको जानकारी अनुसार बागलान और नांगरहार आक्रमणको तत्काल कुनै आतंकवादी संगठनले जिम्मेवारी लिएका छैनन।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal