फेसबूकद्वारा प्रयोगकर्ताको पासवर्ड ‘प्लेन टेक्स्ट’ मा राखेको स्विकारोक्ती

- समय सन्दर्भ

प्रयोगकर्ताको गोपनियतालाई लिएर प्रश्नहरुको घेरामा रहेको फेसबूकले अत्यन्तै अचम्मित हुने खालको कुरा स्विकार गरेको छ। विश्वकै अग्रणी सोशल मीडिया कम्पनीले बिहिबार स्विकार गर्‍यो कि लाखौ पासवर्डहरु ‘प्लेन टेक्स्ट’मा सर्भरमा राखेको थियो । ‘प्लेन टेक्स्ट’मा रहेका यी पासवर्डहरू फेसबुक कर्मचारीहरूले पढ्न सक्थे। यो प्रकरणपछी, फेसबूकले आफ्ना ग्राहकको गोपनियतालाई लिएर सन्देह उत्पन्न गराउन सक्छ ।

ईन्जिनियरिङ्, सुरक्षा र गोपनीयताका उपाध्यक्ष पेडोरो क्यानोतोले आफ्नो ब्लग पोस्टमा भने कि यी पासवर्डहरू फेसबुक बाहिर कुनै पनि व्यक्तिलाई देखाइएको छैन। उनले भने -” हामीले कुनै प्रमाण फेला पारेका छैनौ कि कम्पनीका कुनै पनि कर्मचारीले यी पासवर्डको दुरुपयोग गरेका छ छन।” उनले भने कि यो गल्ति यस सालको सुरुवातको नियमित सुरक्षा समीक्षाको समयमा पत्ता लागेको थियो।

उनले भने कि सिलिकन भ्याली कम्पनीले यस बारेमा आफ्ना करोडौं फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई सूचित गर्न सक्दछ। फेसबुकले आफ्ना प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षित राख्दछ कि राख्दैन भन्ने विवाद भएको बेला यो घटना सार्वजनिक भएको छ । यो प्रकरणले निश्चित रूपमा आफ्नो गोपनीयताको सुरक्षालाई लिएर चिन्तित कम्पनीको प्रयोगकर्तामा फेसबूकप्रतिको विश्वसनीयतामा शंका उत्पन्न गराएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal