इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक, एक वर्षमा ६६ करोड पार

सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।

नन गेम क्याटगोरीमा चौथो स्थानमाः

सेन्सर टावरका संस्थापक ओलिवर येहका अनुसार सन् २०१८ मा टिकटक ६६ करोड ३० लाख पटक डाउनलोड गरियो । यसरी यो सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको नन–गेम क्याटगोरीको चौथो स्थानमा छ । यसमा ऐपको लाइट र रिजनल भर्सन पनि समावेश थिए । चीनमा एन्ड्रोइड प्लेटफर्ममा भएको डाउनलोडलाई यसमा समावेश गरिएको छैन ।

७१ करोड पटक डाउनलोड भयो फेसबुकः

समान समयावधिमा सोसल मिडिया कम्पनी फेसबुक एपलाई ७१ करोड १० लाख पटक डाउनलोड गरियो । रिपोर्ट अनुसार जनवरी सन् २०१९ मा नै आइओएस र एन्ड्रोइड एपे स्टोरमा टिकटकका विभिन्न भर्सनलाई ७ करोड १० लाख नयाँ प्रयोगकर्ताले यो डाउनलोड गरे । यो आँकडा जनवरी २०१८ को तुलनामा २.६ गुना धेरै हो ।

सन् २०१७ डिसेम्बरमा बाइट डान्सले म्यूजिक भिडियो ऐप म्युजिकल्लीलाई १ बिलियन डलरमा खरिद गरेको थियो । दुई ऐप्सको मर्जरपछि सन् २०१८ को क्रममा टिकटक अत्यधिक चर्चित बन्यो । टिकटकलाई पछ्याउँदै फेसबुकले Lasso नामबाट आफ्नो फनी सोसल भिडियो एप लञ्च गर्यो । तर यो सफल हुन सकेन । यतिमात्रै होइन, डिसेम्बर सन् २०१८ मा स्न्यापच्याटले लेन्स च्यालेन्ज नामको एउटा फिचर लञ्च गरेको थियो । यो फिचरले प्रयोगकर्तालाई टिकटकजस्तो लिप सिंकिंग भिडियो सेयर गर्ने सुविधा दिन्छ

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal