फेसबुकलाई ‘ओपन’ बाट ‘प्राइभेट’ बनाउने तयारी

फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रित प्लेटफर्म बनाउने तयारी थालिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । फेसबुकको प्राइभेट म्यासेजिङ्ग सभिर्स ओपन प्लेटफर्म भन्दा चर्चित हुने जुकरबर्गले बताएका छन् ।

उनले आफ्नो एक ब्लगमार्फत फेसबुकलाई गोपनियता केन्द्रित बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन् । म्यासेन्जर र ह्वाट्सएप फेसबुकको स्वामित्वमा छन् ।

पछिल्लो समय प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको तथा गैरकानुनी रुपमा प्रयोग गरिएको आरोप लागेपछि फेसबुक समस्यामा छ । यहि क्रममा जुकरबर्गले फेसबुकलाई गोपनियता केन्द्रित बनाउने योजना सार्वजनिक गरेका हुन् ।

जुकरबर्गले भनेका छन्, ‘फेसबुक र इन्स्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी तथा परिवारका सदस्यसँग सम्पर्कमा रहन सहयोग गरेको छ । तर मानिसहरुले यसको प्रयोग गर्दै गर्दा गोपनियता पनि चाहन्छन्, हामी यो चाह पूरा गर्ने प्रयासमा छौँ ।’

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal