२०१९ मा बन्द भएका गुगलका १० प्रोडक्ट

- समय सन्दर्भ

असोज २७। विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलले विश्वका करोडौँ प्रयोगकर्ताका लागि विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । यसरी उपलब्ध गराएका केहि प्रोडक्ट अत्यन्तै उपायोगी भए पनि समय अनुसार ‘आउट डेटेड’ हुँदै जादां र केहि प्रतिस्प्रधामा खरो उत्रन नसकेर ‘फ्लप’ पनि भएका छन। यस्ता खालका प्रोडक्टलाई गुगलले बन्द गर्ने गरेको छ। यस वर्षपनि गुगलले विभिन्न खाले प्रोडक्टहरु बन्द गरेको छ। यो वर्ष सन् २०१९ मा बन्द भएका प्रोडक्ट मध्य कतिपय वषौँदेखि उपलब्ध थिए भने कतिपय केही महिनाअघि मात्रै ‘लञ्च’ भएका थिए । यो वर्ष बन्द गरिएका १० वटा गुगल गुगलका यस्ता छन:

१- Google+: गुगलले आफ्नो सोसल साइट गुगल प्लसलाई यो वर्ष पूर्णरुपमा बन्द गरिदिएको छ । आठ वर्षअघि सुरु भएको गुगल प्लस सोचे अनुरुप सफल नभएपछी गुगलले बन्द गरिदिएको हो ।

२- Google Allo: गुगलको इन्टरनेटमा आधारित टेक्स्ट मेसेजिङ एप Google Allo लाई पनि गुगलले यो वर्ष बन्द गरेको छ । उक्त सर्भिसलाई गुगलले गुगल च्याटको नामबाट रिब्रान्डिङ गरेको थियो । एन्ड्रोइड, आइओएस तथा वेबमा समेत यो सेवा उपलब्ध थियो र त्यसमा भर्चुअल एसिस्टेन्ट तथा इनक्रिप्टेड मोड जस्ता फिचर पनि समावेश थिए ।

३- Inbox by Gmail: गुगलको यस सर्भिसमा धेरै फिचरहरु जिमेलको एप्मा पहिले देखिनै विद्यमान थिए । करीब चार वर्ष पूरानो यो एपलाई पनि गुगलले यो वर्ष बन्द गरेको हो ।

४- Youtube Gaming: कम्पनीको भिडियो शेयरिङ प्लाटफर्म युट्युबको गेमिंग भिडियो तथा लाइभ स्ट्रिमिंगमा केन्द्रित यो फिचरलाई पनि गुगलले यस वर्ष बन्द गर्यो । यो सर्भिस पनि चार वर्षअघि सुरु गरिएको थियो ।

५- Google URL Shortener: कुनै युआरएललाई छोटा बनाउनका लागि यो सेवाको सहयोग लिन सकिन्थ्यो । गुगलको पूरानो सर्भिस मध्येको एक युआरएल शर्टनरलाई पनि गुगलले यो वर्ष बन्द गर्यो जुन नौ वर्षअघि सुरु भएको थियो ।

६- Youtube Messages : भिडियो शेयरिङ साइट युट्युबले गेमिङ सर्भिसका अलावा युट्युब मेसेजलाई पनि बन्द गरेको छ । गुगललको बन्द गरिएको नयाँ मध्येको एउटा सेवा हो । यसको सहयोगबाट प्रयोगकर्ताले डाइरेक्ट मेसेज पठाउन सक्दथे र भिडियो शेयर गर्न सक्दथे ।

७- Areo M: गुगलको areo एपको सहयोगले प्रयोगकर्ताले मनपर्ने रेष्टुरेन्टबाट खानेकुरा अर्डर गर्न सक्दथे वा रेष्टुरेन्टमा टेबल बुक गर्न सक्दथे ।

८- Chrome Cast Audio: गुगलले यो वर्ष आफ्नो क्रोमकास्ट अडियो हार्डवेयर प्रडक्टको उत्पादन पनि बन्द गर्यो । तीन वर्षअघि लञ्च गरिएको यो प्रडक्टको सहयोगले प्रयोगकर्ताले कुनैपनि डिभाइसबाट स्पिकरमा अडियो स्ट्रिम गर्न सक्दथे ।

९- Google Trips: यात्राका शौखिनहरुका लागि यो एपले ट्राभल प्लानिङमा सहयोग गर्दथ्यो । यसका उडान, होटेल, कार तथा रेष्टुरेन्ट बुकिङ जस्ता सुविधा प्रयोगकर्ताका लागि उपलब्ध थिए । यो सर्भिस गुगलले ३ वर्षअघि सुरु गरेको थियो ।

१०- Data Saver Extension M: गुगल क्रोम ब्राउजरका लागि डाटा सेभर एक्सटेन्सनलाई पनि गुगलले बन्द गरेको छ । यो सर्भिस चार वर्षअघि सुरु गरिएको थियो । यसको सहयोगले धेरै डाटा उपयोग नगरिकनै वेब ब्राउजिङ गर्न सकिन्थ्यो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal