नयाँ फिचरका साथ जिमेल, चलाउन झन हुने भो सजिलो

- समय सन्दर्भ

जिमेल प्रयोगकर्ताका लागि गुगलले पछिल्ला केही महिनायता नयाँ-नयाँ फिचरहरु थप गरिरहेको छ । गुगलले पछिल्लो पटक जिमेलमा नयाँ स्मार्ट फिचर थप गरेको छ । उक्त फिचरले जिमेल कम्पोज गर्ने कामलाई अझै सजिलो तथा छिटो बनाउनेछ ।

गुगलले जिमेलमा स्मार्ट कम्पोज र स्मार्ट रिप्लाई फिचर थप गरेको छ । यी दुबै फिचर आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छन् । यो फिचरले जिमेल प्रयोगकर्ताको टाइपिङ ह्याबिट बुझ्दछ र जब प्रयोगकर्ताले कुनै नयाँ इमेल कम्पोज गरी टाइप गर्न थाल्दछन् ।

त्यस्तै स्मार्ट रिप्लाई फिचरले कुनैपनि इमेलको जवाफ फर्काउने बेलामा उक्त इमेलको विषयवस्तुको आधारमा त्यसको जवाफ पनि सिफारिस गर्दछ ।

यो फिचर प्रयोग गर्नका लागि सुरुमा जिमेलमा लगइन गरेर त्यसपछि जिमेलको माथि दायाँतर्फको कर्नरमा दिइएको गियरमा क्लिक गर्नुपर्दछ । त्यहाँ क्लिक गर्दा सेटिंग्सको अप्सन आउँदछ यसमा गएर स्मार्ट कम्पोज राइटिंग सजेसन तथा स्मार्ट रिप्लाई फिचरको अगाडि दिइएको ‘अन’ अप्सन छनोट गर्नुपर्छ ।

मोबाइल फोनमा जिमेलको नया फिचर प्रयोग गर्नको लागि जिमेल एपको बायाँतर्फको साइड ड्रर ओपन गरेर त्यसको सबैभन्दा माथि रहेको सेटिंग्स अप्सनमा जानुहोस् र त्यसपछि स्मार्ट कम्पोज र स्मार्ट रिप्लाइको विकल्प देखिनेछ । ती दुबै विकल्पलाई अन गर्नुहोस् ।

-एजेन्सी

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal