आकाशमै आगो लागेर खाली मैदानमा खस्यो विमान, पाइलटसहित १२ जनाको मृत्यु

- समय सन्दर्भ

काठमाडौँ – कोलम्बियामा भएको विमान दुर्घटनामा भएको छ । शनिवार राति भएको विमान दुर्घटनामा विमान चालकसहित १२ जनाको मृत्यु भएको हो ।

कालम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाको जानकारी दिएको छ । कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

विमान सान जोश देल गुआवियारे र विल्लाविन्सेसियोको लागि उडान भरिरहेको जनाइएको छ ।  दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र को–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ ।

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal