पाली बस दुर्घटनामा सातको मृत्यु, बीस घाइते

- समय सन्दर्भ

नयाँ दिल्ली । तीव्र गतिमा गुडीरहेको बस दुर्घटना हुँदा  बुधबार भारतमा कम्तीमा ७ जना को मृत्यु भएको छ । भारतको राजस्थान राज्यमा भएको सो दुर्घटनामा परी अरू २० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राजस्थानको राजधानी जयपुरदेखि ३०१ किलोमिटर टाढा पर्ने पाली जिल्लाको कैनपुरा नजिकै दुर्घटना भएको बताइएको छ । “दुर्घटनामा परी घाइते भएका सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने ।

घाइतेहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै ती प्रहरी अधिकारीले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । मृत्यु भएकामध्ये केही महिला पनि रहेको अधिकारीहरुले बताएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको जनाएको छ ।

भारतमा सवारी दुर्घटनाका घटना अत्यधिक धेरै हुने गरेका छन् । चालकको लापरवाही, सडक र सवारी साधनको पर्याप्त मर्मत नहुनुलगायतका कारणले बढी दुर्घटना हुने गरेको बताइएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal