म्याग्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ घाइते १८

- समय सन्दर्भ

बेनी, कार्तिक १८ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ ग १ ख ४४७६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

दरबाङबाट गएको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मृत्यु हुनेमा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनु भयो।

निरीक्षक शर्माका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ।

घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ।

दुर्घटनामा परी घाइते  हुनेमा मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी, मालिका ७ बिमका हुमबहादुर जुग्जाली,  मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली, मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार,  बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री, बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल,  बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल, बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल, मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा, बिमकीे ६ वषीया कृष्टिना जुग्जाली, बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली, बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी,  बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली, बिम बस्ने सुरेश जुग्जाली,  बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली,  धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा,  बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे, मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेका छन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal