भक्तपुरमा बोलेरोले ठक्कर दिंदा एक वृद्धाको मृत्यु

- समय सन्दर्भ

काठमाडौं, असोज ३० । बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बोलेरो जिपले ठक्कर दिएको छ। मध्यपुरथिमि नगरपालिका–४ एसएस चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौतर्फ आउँदै गरेको बा१४च १६८६ नंको बोलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

तीव्रगतिमा आएको बोलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्त मध्यपुरथिमिमा आत्मसमर्पण गरेका छन ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal