बसको ठक्करबाट नारायणगण–मुग्लिन सडकखण्डमा एक पैदलयात्रीको मृत्यु

- समय सन्दर्भ

चितवन,असोज ५  । गत राती भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंबरको बसले  एकजना पुरुषलाई ठक्कर दिएको थियो । २८ वर्षीय ती  व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना राति करिब १२ः३० बजे भएको जनाइएको छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal