अक्करको भीरबाट बोलेरो जीप अरुण नदीमा खस्यो – ६ जना बेपत्ता

- समय सन्दर्भ

संखुवासभा, असोज १। बोलेरो जीप अक्करको भीरबाट बोलेरो जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। संखुवासभाको खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै थियो ।

जीप दुर्घटना धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति साढे दश बजे तिर भएको संखुवासभा प्रहरीले जनाएको छ। भीरबाट जिप खसेर अरुण नदीमा बेपत्ता भएको अनुमान छ। जीप खसेको ठाउँमा जीपका सिसाहरु फुटेका छन्। कति नम्बरको जीप हो भन्ने अहिले जानकारी भएको छैन।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो। प्रहरीका अनुसार जीपमा दुई महिनाकी बच्चीसहित ६ जना यात्रु सवार थिए।

जीप खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ। संखुवासभा प्रहरीले घटनाबारे  विस्तृत जानकारी आइनसकेको जनाएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal