बुटवलबाट दाङ आउँदै गरेको बस दुर्घटना

- समय सन्दर्भ

दाङ, भाद्र  १९ । पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा बस दुर्घटना हुँदा ६ यात्रु घाइते भएका छन् । दुर्घटना  गएराति पौने १० बजेतिर उक्त भएको थियो । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार अन्य ४ जनाको अवस्था मध्यम खालको छ ।

दुर्घटनामा परि रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ३ निवासी २३ बर्षीय विकाश घर्ती, कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. वडा नं. २ निवासी ३२ बर्षीय विनोद क्षेत्री, सोही ठाउँको वडा नं. १ निवासी बसका चालक ४५ बर्षीय रिनुप्रशाद न्यौंपाने, दाङको लमही नगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय रमेश खनाल र जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ७१ बर्षीय टेकबहादुर बस्नेत घाइते भएका छन् ।

सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ निवासी १९ बर्षीया गीता केसी र दाङको लमही नगरपालिका वडा नं. १ निवासी ४५ बर्षीया गीता कुमाल गम्भीर घाइते भएका छन् । उनीहरु दुबै जनालाई दाङको भालुवाङमा उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

रुपन्देहीको बुटवल बाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ ख ८४५९ नम्वरको बस ओभर स्पिड र सडकका खाल्डाको कारण सडक छेउमा दुर्घटना परेको प्रहरीले जनाएको छ ।

-फरक कोण

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal