बेलौरीमा स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु

- समय सन्दर्भ

 

कञ्चनपुर, असार २१ । शुक्रबार साँझ बेलौरी नगरपालिका–१० मा स्कुटी दुर्घटनामा परी दुईजना महिलाको मृत्यु भएको छ । मृत्‍यु हुने दुबैजना भारतीय रहेको बताइएको छ।

बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताउनुभयो ।

दुवैजना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्र्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal