दैलेख मिनी ट्रक दुर्घटनाका मृतक सबैको सनाखत

- समय सन्दर्भ

दैलेख, जेठ ११ । खाद्यान्न बोकेर सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३२८३ नंबरको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताउनुभएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताउनुभयो ।

सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको तथा सेतो गाडी कालो देखिएको थियो ।  ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन।
-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal