उदयपुरमा बोलेरो जीप दुर्घटना, १ जनाको मृत्यु

- समय सन्दर्भ

उदयपुर, ३ गते । सोमबार साँझ उदयपुरको उदयपुरगढी गाउँपालिका वडा न १ स्थित बिष्णुचौर भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार कटारी बजारबाट मुर्मे तर्फ जादै गरेको स १ ज ५०६ नम्बरको जिप मुर्मेको उकालोमा दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका वडा न १ मुर्मे निवासी ४५ बर्षिय केसिमायाँ परियारको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताउनुभयो ।

ओभरलोड धेरै भएका कारण कच्ची सडकको उकालोमा तान्न नसकेर बालेरो जिप सडकबाट करिब तीनसय मिटर तल खसेर दुर्घटना भएको हो । ११ जना सवार रहेकोमा तीनजनाको स्थिति गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक राईले बताउनुभयो ।

-गोरखापत्र

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal