जिप दुर्घटनामा ११ जना तीर्थयात्री घाइते

- समय सन्दर्भ

ताप्लेजुङ, चैत २७ गते। ताप्लेजुङस्थित पाथीभराको दर्शनमा आएका तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज १४८६ नम्बरको जिप मङ्गलबार राती १० बजेतिर सुकेटार गुप्ते नजिक दुर्घटना हुँदा उक्त सङ्ख्यामा तीर्थयात्री घाइते भएका हुन्।

जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गम्भीर घाइते हुनेमा ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ३८ वर्षीया लक्ष्मी सिग्देल र आठ वर्षीय बालक निशान आचार्य रहेका र उहाँहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि अन्यत्र रिफर गरिएको छ।

सामान्य अवस्थाका घाइते बाँकी छ जनाको ताप्लेजुङमै उपचार भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो। घाइते हुनेहरु सबैजना निजगढ बाराका रहेका पनि प्रहरीले जानकारी दिएको छ। उक्त जिपमा १६ जना यात्रु सवार रहेका थिए भने तीव्र गतिका कारण जिप अनिन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal