मोटरसाइकल र ट्रक ठोक्किँदा एकको मृत्यु

- समय सन्दर्भ

चन्द्रौटा, चैत १७ गते । शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको मोटरसाइकलबाट मध्य राति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव्रगतिमा रहेका थारू चेक गर्न रोकिएको ट्रकको पछाडि ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थारूको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal