आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि – काममा जिम्मेवारी बढ्न सक्छ। साथी भाइसँग रमाइलो कार्यक्रम होला। जग्गा जमीन तथा वाहन समबन्धी काम बन्ला। वाणी तथा क्रोधमा नियन्त्रण गर्नु वेश हुनेछ। धार्मिक कार्यमा रुची जाग्ला। यात्राबाट लाभ मिल्नेछ।

वृष राशि – कार्यमा प्रगती हुनेछ। घनिष्ट मित्रको सहयोग मिल्नेछ। व्यापारमा प्रतिस्पर्धा हुनेछ। वैवाहिक जीवन शुखमय बित्नेछ। सवारी साधनमा खर्च हुनेछ।

मिथुन राशि – अति आत्मविश्वास घातक सिद्ध हुन सक्छ। सवारी साधनमा सावधानी अपनाउनु होला। कार्य क्षेत्रमा अधिकारी रुष्ट होलान। यात्रा लाभप्रद रहला पिताबाट सहयोग मिल्ला।

कर्कट राशि – यात्रा लाभ युक्त होला। स्वास्थमा लापरवाहीले समस्या निम्त्याउला। पाहुनाको आगमन होला। आध्यात्ममा रुची जाग्ला। रोजगारीको अवसर प्राप्त होला।

सिंह राशि – महिला मित्रको सहयोग मिल्नेछ। जग्गा जमीन समबन्धी काममा सावधानी अपनाउनु होला। जीवन साथीसँग खटपट होला। स्वास्थ सामान्य रहला। कार्य क्षेत्रमा अधिकारीबाट प्रशंसा मिल्ला।

कन्या राशि – सम्पती समबन्धी विवाद शान्तिपूर्ण ढंगले समाधान होला। नोकरीमा पदोन्नती हुने देखिन्छ। जीवन साथीको भरपुर सहयोग मिल्ला। खान पानमा रुची बढ्ला। रोजगारीको अवसर प्राप्त होला।

तुला राशि – भोज भतेरमा सामेल भइएला। प्रेम प्रसंगमा अनुकुलता आउनेछ। शत्रुबाट सजग रहनु होला। साथी भाइको सहयोग मिल्ला। व्यापारबाट लाभ ठिकै रहला। परिवारमा रमाइलो होला।

वृश्चिक राशि – उन्नतीको मार्ग फराकिलो होला। कारोबारमा वृद्धी हुनेछ। भाग्यले साथ दिनेछ। जीवन सुखमय व्यतितहोला। चिन्ता तनाव भने हुनेछ। व्यापार-व्यवसाय राम्रो हुनेछ।

धनु राशि – रचनात्मक कार्यमा सफलता मिल्ला। घुमफिरको योजना बन्न सक्छ। काममा हतार नगर्नु होला। मिष्ठान्न भोजन प्राप्त हुनेछ। गीत संगीतमा रुची जाग्नेछ। परिवारमा रमाइलो हुनेछ।

मकर राशि – पुरानो रोग बल्झिन सक्छ। वाद विवादबाट टाढै रहनुहोस। स्थिति तनावपूर्ण हुन सक्छ। दौड़धूप अधिक रहला।अनावश्यक समय खेर जानेछ। दुखद समाचार मिल्नेछ। साथी भाइको सहयोग मिल्नेछ।

कुम्भ राशि – दाम्पत्य जीवन शुखमय हुनेछ। घुमफिरको योजना बन्ला। साथीभाइको सहयोग मिल्नेछ। प्रयास खेर जाने छैन। बिग्रेका काम बन्नेछन।सामाजिक प्रतिष्ठा बढ्नेछ।

मीन राशि – पुराना मित्रसँग भेट हुनेछ। उत्साहवर्धक सूचना प्राप्तहुनेछ। आत्मसम्मान बढ्नेछ। घुमफिरको आनन्द लिनु हुनेछ। वाद विवाद हुन सक्छ। आयमा वृद्धी हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal