आजको राशिफल-बुधबार

- समय सन्दर्भ

मेष राशि

विरोधीले नोक्सानी पुर्‍याउन सक्छन । प्रेम संबन्ध उजगार हुनाले मान सम्मानमा ठेस लाग्ला। सामाजिक कार्यमा मन जानेछ। मित्रबाट महत्वपूर्ण सहयोग मिल्नेछ। साझेदारबाट धोका हुन सक्छ। आर्थीक स्थिती मजबुत होला ।

वृष राशि

सन्तानबाट पिडा हुन सक्छ। कार्यमा सफलता मिल्नेछ। नयाँ वस्त्र आभुषण क्रयको योजना बन्ला। साथी भाइसँग रमाइलो भेटघाट होला ।

मिथुन राशि

साझेदारीमा विवाद आउन सक्छ। यात्रा आनन्ददायी होला। उच्च अधिकारीको सँगत होला । विरोधी पाखा लाग्नेछन। खान पानमा रुची हुनेछ ।विशार्थी का लागी आज दिन राम्रो छैन ।

कर्कट राशि

महिला मित्रको सहयोगले योजना फलिभुत होला। वैवाहिक समारोहमा व्यस्त भइएला। प्रेम संबन्धमा मधुरता छाउला । अति व्यस्तबाट बच्नुहोला, हानीकारक हुन सक्छ। उच्च अधिकारी वर्गसँग सम्पर्क बढ्ला ।

सिंह राशि

स्वास्थ कमजोर हुनाले कार्यमा शिथिलता आउला । परिवारसँग संबन्धित कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ । सन्तान सुख प्राप्त हुनेछ । अधिकारी वर्गबाट सहयोग मिल्नेछ ।

कन्या राशि

विधार्थीलाई दिन राम्रो छ। सासु बुहारी बिच प्रेमभाव बढ्नेछ। जीवनसाथी सँग कतै घुम्ने योजना बन्ला। खानपिनमा रुची बढ्नेछ। छिमेकीसँग संबन्ध सुमधूर हुनेछ। लगनीबाट आज बच्नुहोला ।

तुला राशि

परिवारमा कुनै मांगलिक कार्यको रूपरेखा बन्ला । परस्पर संबन्धमा मधुरता छाउला । पछिल्लो लागानीबाट प्रशस्त फाइदा होला । व्यापारमा प्रतिस्प्रधा होला । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला ।

वृश्चिक राशि

साझेदारी काममा तनावको स्थिती होला। पढाइमा मन जाने छैन। भागदौड अत्याधिक रहला। परिजनको प्रेम तथा सहयोग मिल्नेछ। आयका नयाँ स्रोत फेला पर्नेछन ।

धनु राशि

गृहस्थ जीवन सुखमय व्यतीत होला। व्यावसायिक यात्रा लाभदायक सिद्ध हुन सक्छ। लगानीलाई राम्रो दिन छ। ससुराली पक्षको कुनै कार्यक्राममा सहभागिता जनाउने योग छ। स्वास्थ को ख्याल गर्नुहोला।

मकर राशि

पती पत्नीमा असमझादारी उत्पन्न होला। आध्यात्मिकता तर्फ मन ढल्किनेछ। सल्लाहले गरेको लगानीबाट लाभ मिल्नेछ। यात्रा शुभ रहला। खान पिनमा रुची बढ्नेछ ।

कुम्भ राशि

व्यापारमा राम्रो फाइदा हुने दिन छ। परिवारमा खुशीको अवसर आउनेछ। राजनीतीमा वर्चस्व हुनेछ। नयाँ सवारी साधन किन्ने योजना बन्नेछ। विवाह समारोहमा सहभागी हुने देखिन्छ ।

मीन राशि

ज्ञान विज्ञानको क्षेत्रमा सफलता मिल्नेछ । कामका साथै परिवारलाई पनि समय दिन सक्नुहुनेछ । संतानबाट शुभ समाचार मिल्नेछ । नोकरीमा बढोत्तरीको योग छ । शत्रुबाट बच्नुहोला ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal